काठमाडौँ – साताको दोस्रो दिन सोमबार आज सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६२ हजार ७०० मा कारोबार भएको सुनको भाउ आज रु १०० ले घटेर ६२ हजार ६०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ६२ हजार ४०० मा कारोबार भइरहेको छ । तेजावी सुन आइतवार ६२ हजार ३ सयमा कारोवार भएको थियो ।
महासंघका अनुसार चाँदीमा पनि मुल्य ५ रुपैयाले घटेर आज प्रति तोल रु ७८० मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया