शुक्रबार तोलामा १ हजारले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि वृद्धि

३ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा शुक्रबार पनि सुनको बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला सुनको मूल्य ९९ हजार १०० रुपैयाँ र तेजाबी सुनको ९८ हजार ६०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला सुन ९८ हजार १०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया