हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा
काठमाडौं, हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सो सभा अर्पण ब्याङ्कवेट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौँमा बाइसौँ वा। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले सुमन शर्मा चौलागाईंलाई बाँकी कार्यकालको लागि सञ्चालक पदमा नियुक्त गरिएकोले सो अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
प्रतिक्रिया