आज छापावाला सुन प्रतितोला ५८ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ९ सयमा कारोबार भईरहेका छ । छापावाला सुनको मुल्य हिजो आईतबारको तुलनामा आज ३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाला सुन ५७ हजार ९ सय र तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार ६ सयमा कारोबार भएको थियो ।
आज चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया