आज पनि सुनचाँदी दुवैको मूल्यमा वृद्धि, कतिमा हुदैँछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुनको मूल्य ९८ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला सुन ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ३३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।

३ बर्ष अगाडि

प्रतिक्रिया