मंगलबार पनि सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य भने स्थिर

३ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो। 

योसँगै प्रतितोला सुनको मूल्य ९७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुन ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार २८५ रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो। 

३ बर्ष अगाडि

प्रतिक्रिया