काठमाडौं-लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य सोमबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ।
हिजो आइतबार सुनको मूल्य स्थिर रहेको थियो। यो दिन प्रतितोला सुन ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन मूल्य ९७ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ भएको छ। हिजो आइतबार मूल्य स्थिर रहँदै चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया