बिहीबार सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य बिहीबार ओरालो लागेको छ । कात्तिक ३० गतेको तुलनामा आज सुनको मूल्य घटेको हो । 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुनको मूल्य प्रतितोलामा रु. ४०० ले घटेर आज ९८ हजार रुपैयाँमा कारोबार हुने जनाएको छ ।  

कात्तिक ३० गते सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ थियो । 

यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९७ हजार ९०० बाट घटेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । 

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ रहेकोमा घटेर आज १२ सय ८५ रुपैयाँ कायम भएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया