काठमाडौं- नेपाली बजारमा बुधबार पनि सुनको मूल्य उकालो लागेका छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुनको मूल्य ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला सुनको मूल्य ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो
प्रतिक्रिया