काठमाडौं, नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुनको मूल्य ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुनको कारोबार ९७ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँमा भएको थियो।
आज चाँदीको मूलय तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया