काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको रहेको छ ।
गत शुक्रबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
गत शुक्रबारको तुलनामा आजा आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । गत शुक्रबार भने १३०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया