काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
हिजो बुधबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो भने प्रतितोला १४०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । हिजो बुधबार प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया