बढ्दो ब्याजदरविरुद्ध गरिएको आन्दोलन निर्वाचनसम्म स्थगित गर्न उद्योगी-व्यवसायीलाई एफएनसीसीआईको आग्रह

३ बर्ष अगाडि

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई०ले बढ्दो ब्याजदर र चालु पुँजी कर्जा मार्गदर्शनविरुद्ध उद्योगी–व्यवसायीहरुले गरिरहेको आन्दोलन आसन्न निर्वाचनसम्म स्थगित गर्न आग्रह गरेको छ । 

आज साँझ बसेको महासंघका पदाधिकारीहरुको बैठकले उद्योगीव्यवसायीहरुलाई निर्वाचनसम्म आन्दोलन रोक्न आग्रह गरेको हो । अहिले देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् । 

महासंघले उद्योगीव्यवसायीहरुको मागहरुप्रति ऐक्यबद्धता जनाउँदै निर्वाचनसम्म सबै किसिमका आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेको बैठकमा सहभागी एक पदाधिकारीले बिजशालासँग बताए ।

यसैगरी महासंघले निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र कात्तिकदेखि लागू गरिएको चालु पुँजी कर्जा मार्गदर्शन हाललाई स्थगित गर्न पनि माग गरेको छ । बढ्दो ब्याजदर र चालु पुँजी कर्जा मार्गदर्शनमा गरिएको व्यवस्थाले उद्योगीव्यवसायी मारमा परेको महासंघको ठहर छ । 

बैठकले निर्वाचनपछि उद्योगीव्यवसायीका माग सम्बोधन नभए महासंघले थप कार्यक्रम घोषणा गर्ने निर्णय पनि गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया