सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो सोमबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । हिजो भने प्रतितोला २०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो सोमबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला सोहि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया