हिजो १४०० ले बढेको सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो आइतबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । हिजो भने प्रतितोला १४०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो आइतबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १० रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार हुने जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया