ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । 

गत शुक्रबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

गत शुक्रबारको तिलकानामा आज आइतबार सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको हो ।   महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ५० रुपैयाँले बढेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार हुने जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया