बैंकको बढ्दो ब्याजदरविरुद्ध मधेश प्रदेशका उद्योगी–व्यवसायीहरु आज आन्दोलनमा उत्रिँने

३ बर्ष अगाडि

काठमाडौं - मधेश प्रदेशका उद्योगी–व्यवसायीले पनि आज बैंकको बढ्दो ब्याजदरविरुद्ध विरोध कार्यक्रम गर्ने भएका छन् । 

रामनगर मिर्चैया उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ गोलबजारलगायत अन्य उद्योगी–व्यवसायी शान्तिपूर्ण विरोधमा उत्रिने भएका हुन् । विरोध जुुलुुश रामनगर मिर्चैया उद्योग वाणिज्य संघ सिरहाबाट र उद्योग वाणिज्य संघ गोलबजारबाट निस्किनेछ । 

आज बिहाज ९ः३० बाट सुुरु हुने विरोध कार्यक्रम अपराह्न १२ बजे सकिनेछ । गत शुुत्रबार काठमाण्डौमा पनि विभिन्न ५ बुँदे माग राख्दै उद्योगी–व्यवसायीहरुले एक घन्टा मौन विरोध प्रदर्शन पनि गरेका थिए ।

उनीहरुले ब्याजदर बढाउँंदैमा निक्षेप नबढेको भन्दै उद्योगका लागि १ अंकमा बढी नहुने र व्यापारमा १–२ प्रतिशतमात्र थप गरी लिन पाइने गरी लगानीयोग्य पुँजीको शीघ्र व्यवस्थापनको मागसहित बैंकहरुको खर्च न्यून गरी स्प्रेड दर ३ प्रतिशतभित्र रही जोखिमका आधारमा आधार दरमा बढीमा २ प्रतिशतमात्र थप प्रिमियम लिन पाइने व्यवस्थालगायतको माग गरेका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया