काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो विहीबार प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शक्रबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो विहीबारको तुलानामा आज शुक्रबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला ४०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । हिजो विहीबार प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार हुने जनाएको छ ।
प्रतिक्रिया