विश्व बजारमा कच्चा तेलको भाउमा किन आयो गिरावट ?

३ बर्ष अगाडि

एजेन्सी - विश्व बजारमा कच्चा तेलको भाउमा गिरावट आएको छ । 

अमेरिकामा ब्याजदर बढ्नु र चीनमा कोरोनाको कहरका कारण तेलको माग घट्ने सम्भावना भएकोले मूल्यमा गिरावट आएको हो । 

शुक्रबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । अमेरिकामा नीतिगत ब्याजदर पहिले अनुमान गरिएको भन्दा बढी हुन सक्ने त्रास लगानीकर्तामा देखिएको छ । 

यसका साथै चीनमा कोरोनाको प्रकोपका कारण विश्वको सबैभन्दा ठूलो तेल आयात गर्ने देशमा तेलको माग घट्ने सम्भावना पनि बढेको छ । 

शुक्रबार प्रारम्भिक कारोबारमा ब्रान्ड कच्चा फ्युचर ०.२ प्रतिशत अर्थात २२ सेन्टले घटेर ९४.५५ प्रतिब्यारेलमा किनबेच भएको थियो । अघिल्लो सत्रमा यो १.५ प्रतिशतले घटेको थियो । 

कच्चा तेल डब्ल्यूटीआई फ्युचर्स पनि ०.३ प्रतिशत अर्थात २७ सेन्टले घटेर ८७.९० डलर प्रतिब्यारेलमा कारोबार भएको थियो । यसले अघिल्लो सत्रको तुलनामा २ प्रतिशतले घाटा बढाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया