काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो बुधबार प्रतितोला ९३ हजार १६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो बुधबारको तुलानामा आज विहीबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला ५०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो बुधबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १० रुपैयाँले घटेर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार हुने जनाएको छ ।
प्रतिक्रिया