५०० ले बढ्यो सुनको मल्य, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो मंगलबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो मंगलबारको तुलानामा आज बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।  महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो मंगलबार प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार हुने जनाएको छ ।

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया