तेल कम्पनीहरुले युक्रेन–रुस युद्धको फाइदा उठाए : बाइडेन

३ बर्ष अगाडि

एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल कम्पनीहरुले युक्रेन–रुस युद्धको फाइदा उठाएको आरोप लगाएका छन् ।

बाइडेनले तेल कम्पनीहरुले तेलको मूल्य नघटाए आफूमाथि कर बढाउन दबाब बढ्ने पनि बताएका छन् । 

शीर्ष तेल कम्पनीहरु एक्सोन मोबिल र शेभरनले केही दिनअघि आफ्नो कमाइको नतिजा सार्वजनिक गरेका थिए। ती नतिजाबाट कम्पनीहरुले युक्रेन–रुस युद्धको समयमा बम्पर कमाइ गरेको तथ्य बाहिर आएको छ । 

युक्रेनमा युद्ध सुरु भएदेखि नै विश्वभर तेलको मूल्यबाट प्राकृतिक ग्यासको मूल्यमा ठूलो उछाल आएको छ ।

बाइडेनले तेल कम्पनीहरुले युद्धबाट धेरै फाइदा उठाएको बताएका छन् । उनले भने, ‘तेल कम्पनीहरुले युद्धको फाइदा उठाउन छोडेर अमेरिकी जनतालाई राहत दिने समय आएको छ ।’ 

३ बर्ष अगाडि

प्रतिक्रिया