बैदेशिक ब्यापार घाटा १३.१३ प्रतिशतले घटेर ३ खर्ब ५९ अर्बमा झर्‍यो

३ बर्ष अगाडि

काठमाडौं - सरकारले आयातमा लगाएको प्रतिबन्धको कारण केहि बस्तुको आयात घट्दा बैदेशिक ब्यापार घाटामा कमी आएको छ ।

भन्सार विभागको तथ्याँक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात १६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब ७८ अर्ब रुपैयाँको बस्तु आयात भएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ४ खर्ब ९९ करोड रुपैयाँको मात्रै बस्तु आयात भएको छ ।

विभागको तथ्याँक अनुसार यस अवधिमा निर्यात पनि निकै घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ अर्ब ५ करोड रुपैयाँको बस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको बस्तु निर्यात भएको छ । जुन ३५.७१ प्रतिशतले कम हो ।

आयात घटेसँगै बैदेशिक ब्यापार घाटा पनि कम भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको असोजसम्ममा ब्यापार घाटा १३.१३ प्रतिशतले घटेको हो । गत वर्ष ४ खर्ब १३ अर्ब रहेको ब्यापार घाटा घटेर ३ खर्ब ५९ अर्ब रुपैयाँमा झरेको छ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया