३ महिनामा ६२ अर्ब ४६ करोडको पेट्रोलियम पदार्थ आयात, डिजेल कति ?

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयातबाट नै धेरै रकम बाहिरिएको छ । पेट्रोलियम पदार्थको भाउ बढ्दा पनि ती बस्तुको आयातमा बाहिरिने पैसा बढ्दै गएको हो ।

भन्सार विभागको तथ्याँक अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कुल ६२ अर्ब ४६ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ। यस अवधिमा डिजेलको आयात सबैभन्दा धेरै छ । 

३ महिनामा २९ अर्ब २९ करोडको डिजेल आयात भएको छ भने १८ अर्ब २२ करोडको पेट्रेल र १४ अर्ब ९४ करोडको ग्यास आयात भएको छ।

निर्यातमा भने प्रशोधित पाल्म तेलको हिस्सा सबैभन्दा धेरै छ भने सोयाविन तेल र कार्पेटको निर्यात पनि धेरै छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया