पछिल्लो ७ महिनामा कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा २५ प्रतिशतले घट्यो

३ बर्ष अगाडि

एजेन्सी  - अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ७ महिनामा करिब २५ प्रतिशतले घटेको छ । 

गत मार्चमा कच्चा तेलको मूल्य उच्चस्तरमा पुगेको थियो । त्यो बेला कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर नाघेको थियो । मार्चको उच्चस्तरबाट तेलको भाउ करिब २५ प्रतिशतले घटेको हो । 

हाल इन्धनको मूल्य रुस–युक्रेन युद्धअघि स्तरमा झर्दैछ । कमजोर मागको डरले प्राकृतिक ग्यास र कोइलाको मूल्य पनि केही महिनाको तल्लो तहमा झरेको छ । 

आज सोमबार प्रारम्भिक कारोबारमा पनि कच्चा तेलको मूल्य घटेको छ । ब्रेन्ट आयल ०।७८ प्रतिशत अर्थात ०.७२ डलर घटेर प्रतिब्यारेल ९३.०५ डलरमा कारोबार भइरहेको छ । 

त्यसैगरी कच्चा तेल डब्ल्यूटीआई ०.५६ प्रतिशतले घटेर ८७.४१ डलर प्रतिब्यारेलमा कारोबार भइरहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया