हिजो हजारले घटेको सुनको मूल्य आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

हिजो आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार पनि सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो प्रतितोला १००० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । को छ ।

हिजो आइतबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया