तीन महिनामा ८ अर्ब ५३ करोड बढिको स्मार्टफोन नेपाल भित्रियो, १ अर्ब ५९ करोड धेरै राजश्व संकलन

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज) मा नेपालमा विदेशबाट ८ अर्ब ५३ करोड रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोज महिनासम्मको अवधिमा ८ अर्ब ५३ करोड ३० लाख ७४ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो । 

यो अवधिमा ६ लाख १८ हजार ५२० पिस स्मार्टफोन भित्रिँदा आयातकर्ताले १ अर्ब ५९ करोड २२ लाख ३० हजार रुपैयाँ राजश्व बुझाएका छन् । 

नेपालमा ४४ देशबाट स्मार्टफोन आयात भएका छन् । जसमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात भएको छ । 

चीनबाट मात्रै ४ लाख ६८ हजार ४६१ पिस स्मार्टफोन ६ अर्ब १८ करोड ६६ लाख २९ हजार रुपैयाँ बराबरको आयात भएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया