भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध लम्बियो, कहिलेसम्म ?

३ बर्ष अगाडि

काठमाडौं - भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध लम्ब्याएको छ । भारत सरकारले सन् २०२३ अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । 

यसअघि भारत सरकारले गत जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । यो निर्णयको समयावधि भोलि सकिँदै थियो । 

रोयटर्सलाई उद्धृत गर्दै इकोनोमिक्स टाइम्समा प्रकाशित समाचारअनुसार भारत विश्वकै सबैभन्दा ठूलो चिनी उत्पादक मुलुक हो । चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय लम्बिँदा भारतबाट चिनी आयात गर्ने मुलुकहरुमा अभाव सिर्जना हुने र मूल्य बढ्न अनुमान गरिएको छ। 

नेपालमा पनि ठूलो परिमाणमा भारतबाट चिनी आयात हुँदै आएको छ । भारतको यो निर्णयले नेपाल पनि प्रभावित हुने भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया