आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

हिजो आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार पनि सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको छ । हिजो पनि सुनको मूल्य स्थिर रहेको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।

हिजो आइतबार प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया