काठमाडौं - घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम ‘सगरमाथा सिमेन्टको उपहार ई–स्कुटरको साथमा घरायसी सामानको बहार’ योजना ल्याएको छ ।
यस योजनामा सगरमाथा सिमेन्टको बोराहरुभित्र रहेको कुपनको क्यूआर कोडलाई स्क्यान गरी त्यसपछि आउने फारम भरी यस योजनामा विभिन्न उपहार जित्ने मौका पाउन सकिनेछ ।
पुस मसान्तसम्म सञ्चालन हुने यस योजनामा ई–स्कुटर, टेलिभिजन, मोबाइल, घरायसी सामानलगायतका उपहारहरु प्रत्येक महिनाको अन्त्यमा लक्की ड्रमार्फत जित्न सकिनेछ । लक्की ड्र कम्पनीको अफिसियल सोसियल मिडियाका विभिन्न माध्यमबाट प्रत्यक्ष प्रशारण गरिनेछ ।
सन् २००९ मा स्थापना भएको घोराही सिमेन्ट उद्योगले विगत एक दशकदेखि बजारमा आफ्नो पहिचान तीव्र रुपमा विस्तार गरेको छ र नेपाली निर्माण बजारमा आफूलाई प्रतिष्ठित कम्पनीका रुपमा स्थापित गरेको छ ।
प्रतिक्रिया