आज सुनको चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार

३ बर्ष अगाडि

काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

हिजो शनिबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार पनि सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

सधैँ शनिबार सुनको मूल्य सार्वजनिक नहुने भए पनि हिजो शनिबार भने धन्तेरसका दिन परेको हुनाले मूल्य सार्वजनिक भएको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो शनिबार प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आज आज आइतबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया