काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो विहीबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो विहीबारको तुलनामा आज शुक्रबार सुको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला १०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।
हिजो विहीबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया