मिठाईलगायत खाद्य पदार्थमा अखाद्य रङ प्रयोग नगर्न चेतावनी

३ बर्ष अगाडि

काठमाडौं - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाईलगायत खाद्य पदार्थमा अखाद्य रङ प्रयोग नगर्न चेतावनी दिएको छ । 

विभागले आज एक सूचना जादी गर्दै मिठाइलगायतका खाद्य पदार्थमा अखाद्य रङ प्रयोग नगर्न खाद्य उत्पादकहरुलाई चेतावनी दिएको हो । 

विभागले स्वीकृत गरिएका खाद्य रङहरु तोकिएको मात्रा र तोकिएको विधिबमोजिम मात्र प्रयोग गरी खाद्य पदार्थ उत्पादन एवं बिक्रीवितरण गर्न सूचित गरेको छ । 

विभागबाट स्वीकृत खाद्य रङहरुबाहेक अन्य अखाद्य रङहरु प्रयोग नगर्न र प्रयोग गरेको पाइएमा खाद्य ऐन नियमबमोजिम कारबाही हुने पनि विभागले स्पष्ट पारेको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया