फेरी घट्यो सुनचाँदी मूल्य, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो बुधबार प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बुधबारको तुलनामा आज विहीबार सुको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला २०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । 

हिजो बुधबार प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज विहीबार तोलाको ५ रुपैयाँले घटेर  प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया