राजस्व संकलन गत वर्षको भन्दा पनि घट्यो

३ बर्ष अगाडि

सरकारको राजस्व संकलन गत वर्षको तुलनामा कम देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ खर्ब ५५ अर्ब रुपैयाँ रावस्व उठाएको सरकारले चालु आर्थिक वर्षको सोहि अवधिमा २ खर्ब ८ अर्ब रुपैयाँ मात्रै राजस्व उठाएको छ।

यस वर्ष सरकारले गत वर्षभन्दा पनि धेरै राजस्व उठाउने लक्ष्य लिएको छ। गत वर्ष ११ खर्ब ८० अर्बको लक्ष्य लिएकोमा यस वर्ष १४ खर्ब ३ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासको राजस्व हेर्दा यस वर्ष राजस्व संकलन घट्ने देखिएको छ। जसले गर्दा सरकारलाई लक्ष्य अनुसार राजस्व उठाउन कठिन छ।

३ बर्ष अगाडि

प्रतिक्रिया