काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
गत शुक्रबार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
गत शुक्रबारको तुलनामा आज आइतबार सुको मूल्य प्रतितोला १००० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
गत शुक्रबार प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तोलाको २५ रुपैयाँले घटेर प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया