काठमाडौं - नेपालको प्रख्यात ब्युटी सैलुन फेसियल हाउसले छैटौँ नयाँ शाखा धनगढीमा सञ्चालन गरेको छ ।
धनगढीको चौडामा शनिबार एक कार्यक्रमका बीच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक शुष्मा महरा र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुँवरले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
महराले सुदूरपश्चिममा शाखा विस्तार गरेसँगै पश्चिम हुँदै पूर्वतिर पनि सेवाग्राहीहरूले गुणस्तरीय सेवा खोज्न थालेपछी फेसियल हाउसको अन्य शाखा विस्तार गर्न लागेको बताएकी छन् ।
सो कार्यक्रमका प्रमुख अतिथि रहेका कुँवरले आफ्नो मन्तव्य राख्दै भने आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेको भन्दै फेसियल हाउसलाई धन्यबाद दिएका छन् ।
काठमाडौंको काठमाडौं मल, चाबहिल र सिटिसि मलका साथै उपत्यका बाहिर पोखरा, सुर्खेतबाट गुणस्तरीय सेवा दिदैँ आएको फेसियल हाउसले अव भने धनगढीबाट पनि सेवा प्रदान गर्ने छ ।
धनगढीमा सञ्चालनमा ल्याइएको फेसियल हाउसको नेतृत्व भने सविता ऐयरले गर्ने छिन् । धनगढीका मानिसहरूले गुणस्तरीय सेवा खोज्न थालेपछी यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उद्देश्यले फेसियल हाउसको शाखा खोलिएको बताएकी छन् । फेसियल हाउस नेपालकै उत्कृष्ट सैलुन मध्ये नंम्वर १ मा पर्ने सैलुन हो । मुख्य शाखा सुन्धारा रहेको फेसियल हाउसमा एकैपटक ८० जना भन्दा बढि सेवाग्राहीले सर्भिस लिने गर्दछन् ।
फेसियल हाउसले ब्युटी सम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुप्रै सेवा दिदैँ आएको छ ।
प्रतिक्रिया