गाडी, मोटरसाइकल, मोबाइल, मदिरालगायतका वस्तुको आयातमा लागेको प्रतिबन्ध लम्ब्याउन सिफारिस

३ बर्ष अगाडि

काठमाडौं - विलासिताका वस्तुको आयातमा लागेको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउन सिफारिस गरिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मोटरसाइकल, मोबाइल, मदिरालगायतका वस्तुको आयातमा लागेको प्रतिबन्ध लम्ब्याउन सिफारिस गरेको हो ।

 मन्त्रालयको अब सिफारिससँगै आजै सरकारले जिप, भ्यान, कार, १५० सीसी माथिका मोटरसाइकल, ३०० डलरभन्दा बढीका स्मार्ट फोन र विदेशी मदिरा आयातमा लागेको प्रतिबन्ध लम्ब्याउनेछ । 

सरकारले गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो ।  त्यसपछि सरकारले प्रतिबन्धलाई असार ३१ सम्म लम्ब्याएको थियो । 

गत भदौ १४ मा कुरकुरे, हीरालगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै सरकारले गाडी, मोटरसाइकल, मोबाइल र विदेशी मदिराको आयात प्रतिबन्धलाई निरन्तरता नै दिएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया