सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

हिजो बुधबार प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो प्रतितोला २०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । 

हिजो बुधबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज विहीबार तोलाको १० रुपैयाँले घटेर प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया