काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
हिजो मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला १२०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
हिजो मंगलबार प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार तोलाको १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया