काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो आइतबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला ३००० बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
हिजो आइतबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार तोलाको २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया