काठमाडौं - आज कोजाग्रत पूर्णिमा, आजदेखि दशैंलाई विदा गरीएको छ । दशैं पछि आज ३ हजारले सुनको मूल्य बढेको छ ।
दसैं अघि गत असोज १४ गते शुक्रबार ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज दसैं पछि आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
गत असोज १४ गते शुक्रबारको तुलनामा आज आसोज २३ गते आइतबार सुनको मूल्य प्रतितोला ३००० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
गत असोज १४ गते शुक्रबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज आसोज २३ गते आइतबार तोलाको ८५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया