अन्तर्राष्ट्रिय बजारमा बढ्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल १०० डलर पुग्ने अनुमान

३ बर्ष अगाडि

एजेन्सी - अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा फेरि बढेको छ । गत साता कच्चा तेलको मूल्यमा भारीका साथ वृद्धि भएको हो । 

गत साताको अन्तिम कारोबार दिन शुक्रबार ब्रेन्ट तेलको भाउ ४.२७ प्रतिशत वा ४.०३ डलरले बढेर ९८.४५ डलर प्रतिब्यारेलमा बन्द भएको छ । 

यसैगरी कच्चा तेल डब्ल्यूटीआई ५.३७ प्रतिशत अर्थात ४.७५ डलरले बढेर ९३.२० प्रतिब्यारेलमा बन्द भएको छ । यसरी नै मूल्य तीव्रगतिले बढ्ने हो भने आगामी दिनमा तेलको मूल्य १०० डलर प्रतिब्यारेल अर्थविदहरुको अनुमान छ । 

कच्चा तेलको मूल्य बढ्नुमा तेल उत्पादक देशहरुको निर्णय मुख्य कारण रहेको बताइएको छ । तेल निर्यात गर्ने देशहरुको संगठन (ओपेक) र यसका सहयोगीहरु (ओपेक प्लस) ले गत बुधबार उत्पादन कटौती गर्ने निर्णय गरेको थियो । 

ओपेक प्लसले नोभेम्बरदेखि दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गर्ने निर्णय गरेको छ । 

 

३ बर्ष अगाडि

प्रतिक्रिया