ड्रागन फल बिक्रीबाट वर्षमा १२ लाख आम्दानी, प्रतिकेजी कति ?

३ बर्ष अगाडि

काठमाडौं - भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गर्नु भएको छ । उहाँले व्यावसायिक  ड्रागन फल र कागती खेतीबाट वार्षिक रु बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताए ।

सुक्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन् । दश वर्षअघिबाट व्यावसायिक खेती थाल्नुभएका उहाँले एक हजार पाँच सय पिलरमा ड्रागन लगाएका छन् ।

अहिले तीन सय ओटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ । आठ सण् ५० केजी बिक्री गरिसकेको र एक हजार केजीको हाराहारीमा टिप्न बाँकी रहेको नेपालले जानकारी दिए । 

त्यस्तै नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यावसायिक खेती गरिरहेका छन् । फलफूल खेतीबाट वार्षिक रु बाह्र लाखसम्म आम्दानी हुने गरेको कृषक नेपालले बताए । 

“फलफूल खेतीबाट राम्रै आम्दानी गरिरहेको छु”, उनले भने, “वर्षमा रु १२ लाखसम्म आम्दानी हुन्छ । विस्तार गरेको सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ ।” कृषक नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा करीब १७ रोपनी क्षेत्रफलमा डा«गन फल लगाएका छन् । 

ड्रागन फल रातो प्रतिकेजी रु ५०० र सेतो प्रतिकेजी रु ४०० मा बिक्री हुने गरेको छ । त्यस्तै कागती फार्मबाट प्रति केजी रु एक सयमा बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडौँ जाने गरेको छ । सडकको कारण बजारसम्म पु¥याउन भने सास्ती हुने गरेको कृषक नेपालको भनाइ छ । कच्ची सडक वर्षातले हिलाम्य हुँदा उत्पादित वस्तुलाई ढुवानीमा समस्या छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया