सुनको मूल्य स्थिर हुँदा चाँदी घट्यो, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

हिजो आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

 महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।

हिजो आइतबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १६० रुपैयँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया