दुई महिनामा ६ अर्बको मोबाइल फोन नेपाल भित्रिए

३ बर्ष अगाडि

काठमाडौं- चालु आर्थिक बर्षको दुई महिनामा ६ अर्ब बराबरका स्मार्टफोन नेपाल भित्रिएका छन् । आइतबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार नेपालमा ६ अर्ब बराबरका ४ लाख ३८ हजार पिस मोबाइल आयात भएको हो ।

तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७८/०७९मा १० अर्बका १४ लाख ९८ हजार पिस मोबाइल आयात भएको थियो । गत बर्ष भन्दा चालु आवमा ४ अर्ब रुपैयाँले मोबाइल आयात घटेको भन्सार विभागले जनाएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणले गत भदौं ३० गते अवैध मोबाइल आयातलाई प्रतिस्थापन गर्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गरेको छ ।

भदौं अगाडीसम्म अवैघ मोबाइल भित्रिएपनि असोजदेखि चोरिपैठारीबाट आउने मोबाइल रोकिने प्राधिकरणले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया