विश्व बजारमा तेलको आपूर्ति रोक्ने रुसको चेतावनी

३ बर्ष अगाडि

एजेन्सी - रुसले विश्व बजारमा तेलको आपूर्ति रोक्न सक्छ । यसको पछाडिको कारण तेलको मूल्य हो । रुसले जी–७ देशहरुले प्रस्ताव गरेको तेलको मूल्य उचित नभए विश्व बजारमा तेल आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ । 

भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले जी–७ देशले प्रस्ताव गरेको तेलको मूल्यको सीमा उचित नभएको खण्डमा रुसले स्वीकार नगर्ने र विश्व बजारमा तेलको आपूर्ति बन्द गर्न सक्ने बताए । 

यससँगै रुसले मूल्य सीमा तोक्न अमेरिकालाई सहयोग गर्ने देशलाई तेल दिन बन्द गर्ने चेतावनी पनि दिएको छ । युक्रेनमा भएको आक्रमणपछि अमेरिकालगायत धेरै पश्चिमी देशले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन् । जसका कारण रुसले युरोपेली देशहरुलाई तेल र ग्यासको आपूर्ति घटाएको छ । 

रुसमाथि थप कडा प्रतिबन्ध लगाउनका लागि जी–७ का सदस्य राष्ट्रहरुले पेट्रोलियम पदार्थको अधिकतम मूल्यको सीमा निर्धारण गर्ने बताएका छन् । रुसले इन्धन निर्यातबाट ठूलो मात्रामा विदेशी मुद्रा प्राप्त गर्नेछ । यसलाई बन्द गर्न तेलको मूल्य निर्धारण गर्ने विषयमा छलफल भइरहेको छ ।

मूल्यको सीमा तोकेपछि विश्व बजारमा तेलको ठूलो अभाव हुने र मूल्य तीव्र गतिमा बढ्न सक्ने देखिन्छ । अमेरिकाले भारतलाई रुसी पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने समूहको हिस्सा बन्न पनि आग्रह गरेको छ । तर भारतले उक्त प्रस्तावलाई ‘ध्यानपूर्वक अध्ययन’ गरेपछि मात्र निर्णय गर्ने जनाएको छ । 

रुसी राजदूत अलिपोभले तेलको मूल्य निर्धारण गर्ने प्रस्तावमा भारतले अहिलेसम्म सतर्कता अपनाएको बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया