आज आइतबार हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

गत शुक्रबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

गत शुक्रबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १७० रुपैयँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया