सोमबार सुनचाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै आज सुनको मूल्य ९१ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य ९० हजार ९०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला सुनको मूल्य ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो। 

३ बर्ष अगाडि

प्रतिक्रिया