खाने तेलको मूल्यमा गिरावट, कति ?

३ बर्ष अगाडि

काठमाडौं- खाने तेलको मूल्य घटेको छ । होलसेल व्यापारीहरुका अुनसार एक महिनाको अवधिमा तेलको मूल्य लिटरमै ५० रुपैयाँले घटेको हो। सूर्यमुखी,भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको चेम्बर अफ कमर्शले जनाएको छ ।

एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्युनतम् २१८ रुपैयाँ समम्मा झरेको छ ।

नेपाल वनस्पति घ्यु तेल उत्पदक संघका अनुसार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटका कारण खाने तलेको मूल्यमा उच्च गिरावट देखिन थालेको छ ।

संघका अनुसार जेठयता मात्रै खाने तेलको मूल्य लिटरमा ७० रुपैयाँसम्मले घटेको छ । तेलको मूल्य अन्तराष्ट्रिय बजारमै घटेकाकारण नेपाली बजार पनि घटेको हो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया